|

कर सप्ताहको अवसरमा ताप्लेजुङमा करदाता शिक्षा ः स्वैच्छिक कर सहभागितामा जोड

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ४ । ताप्लेजुङ उद्योग वाणिज्य संघसंग मिलेर करदाता सेवा कार्यालय फिदिम पाँचथरले सोमवार फुङलिङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कर सप्ताहको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष समेत रहनु भएका बरिष्ठ उपाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिनको अवसर पारेर २०७९ साल देखि प्रत्येकबर्ष मंसिर १ देखि ७ गते सम्म सप्ताहब्यापी राष्ट्रिय कर दिवस मनाईदै आइएको छ । २०५४ साल मंसिर १ गते नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको थियो । यसबर्ष‘स्वच्छव,पारदर्शी र प्रविधिमैत्री कर प्रशासनःसामाजिक न्याय,आर्थिक समृद्धि र सुशासन’भन्ने नाराका साथ कर सप्ताह मनाईदैं छ ।

कर शिक्षाको माध्यमबाट स्वैच्छिक कर सहभागितामा जोडदिई कराधार फराकिलो बनाउने उद्देश्य सहित करदाता सेवा कार्यालयले अभियान चलाएको करदाता सेवा कार्यालय फिदिम पाँचथरका कर अधिकृत सरोज मरासिनीले बताउनुभयो । सो अवसरमा करदाता सेवा कार्यालयले मूल्य अभिबृद्धि कर,स्थायी लेखा नम्बर,अन्तःशुल्क,व्यवसायिक तथा निकायगत रुपमा स्थायी लेखा नम्बर लिन आवश्यक कागजातहरु,आयकरको दर,मूल्य अभिबृद्धिमा जाने अवस्था,ईटीडिएस,अन्तःशुल्क दर र करपाटी राख्नुपर्ने बिषयका बारेमा जानकारी गराएको थियो ।

यस्तै व्यक्तिको करको दर र व्यवसायिक मापदण्ड पालना नगर्दा हुन सक्ने दण्ड र जरिवाना बारे समेत जानकारी गराएको ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिनुभयो । ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बूले करदातालाई केन्द्रविन्दुमा राखी कर सम्बन्धी जागरण ल्याउने, करको दायरा थप विस्तार हुने तथा गुणस्तरीय सेवाप्रवाहका लागि स्वैच्छिक कर सहभागिताका लागि अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । करदाता सेवा कार्यालयले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको सहयोग तथा सहकार्यमा करको दाहेरा बृद्धिका लागि अभियान चलाईएको समेत बताएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts