बकर ईदमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको शुभकामना, नेपालीबीच भाइचारा बढ्ने विश्वास

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको बताउनु भएको छ । आज सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिनु भएको छ । बकर ईदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रपति भण्डारीले सुख, शान्ति, समृद्धि, दीर्घायु तथा प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बकर ईद पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनु भएको छ । बकर ईदको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्नेसमेत शुभेच्छा व्यक्त गर्नु भएको छ । यसैगरी सभामुख अग्नि सापकोटाले पनि बकर ईदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामना सन्देशमा सभामुख सापकोटाले बकर ईद जस्ता पर्वले नेपालीहरुबीच मजबुत एकता, दिगो शान्ति र आपसी सद्भाव बढाउन मद्दत मिल्ने विश्वास लिनु भएको छ । उहाँले यस पर्वमार्फत् राष्ट्रिय एकता र धार्मिक तथा साँस्कृतिक सद्भाव कायम राख्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नु भएको छ । बकर इदका अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतले पनि शुभकामना दिनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts