ताप्लेजुङको हाङ्देवामा भेटियो मानव कंकाल,प्रहरीद्धारा भेटिएका सामानको बिवरण सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट न्युज
ताप्लेजुङ,साउन १७ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको कटहरेस्थित खोलाखेत जंगलभित्र पहिचान हुन नसकेको एक मानव कंकाल फेला परेको छ । अडेरीको बोटमा महिलाले लगाउने सेतो रंगको सुरुवाल बाँधिएको अवस्थामा फेला परेको मानव कंकालको सनाखत हुन नसकेपछि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले उक्त कंकालको आफन्त तथा हकदारको खोजतलासका लागि हुलिया बिवरण सार्वजनिक गरी कसैका आफन्त हराएको भए सम्पर्क राख्न आवहन समेत गरेको छ । शरिरमा कुनैपनि मांशपेसी नरहेको र पुरुष वा महिला के हो भन्ने खुल्न नसकेको,कंकालसंगै महिलाले लगाउने बेजनी रंगको भित्री वस्त्र,निलो रंगको लेडिज पाइन्ट,सोहि पाईन्टमा कालोबेल्ट,कालोरंगको प्लास्टिकको एकजोर चप्पल,निलो आकासे रंगको सर्ट,सेतो सादा भेष्ट,निलो रंगको जिन्स पाइन्ट र अंग्रेजी अक्षरमा चेल्सी फुटबल क्लवको लोगो भएको निलो रंगको भेष्टसहितका सामान समेत सो मानव कंकाल संगै फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख श्रेष्ठले थप अनुसन्धान जारी रहेको जानकारी दिनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts