ताप्लेजुङको पाथीभरा याङ्वरकमा उद्घोषण तथा भाषणकला सम्वन्धी ५ दिने तालिम सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ६ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा शनिवारबाट उद्घोषण तथा भाषणकला सम्वन्धी ५ दिने तालिम सुरु भएको छ ।

तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले तालिमले उद्घोषकिय र मन्तव्य भूमिका प्रष्ट्याउने बिश्वास लिनुभयो । उहाँले तालिमबाट प्राप्त सीपलाई उपयोग गर्ने हो भने नेतृत्वकलाको विकास हुने समेत बताउनुभयो । पाथीभरा याङ्वरक गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीका लागि आयोजित तालिमले नेतृत्व क्षमता सुधार गर्ने बिश्वास राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले तालिमलाई अधिकतम् उपयोग गर्न सहभागीलाई सुझाव दिनुभयो । जनप्रतिनिधि र कर्मचारीको नेतृत्व सीप विकासका लागि तालिम आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले बताउनुभयो । तालिममा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितले सहजीकरण गर्ने गाउँपालिकाले जनाएको छ । तालिम जेठ १० गते सकिने छ ।

तालिमको उदघाटन सत्र अघि प्रजिअ चेम्जोङले नागरिक सिफारिस प्रकृया र वडा कार्यालयको भूमिका बारे जनप्रतिनिधिलाई जानकारी गराउनु भएको थियो । भीमकाली गुल्मका गुल्मपति पवन नगरकोटीले बिपद् व्यवस्थापन,बिपद् पूर्व तयारी र प्रतिकार्यका आयाम बारे प्रष्ट्याउनु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले लागु औषध दुव्र्यसन न्यूनीकरणका लागि सामाजिक सहकार्य बारे जानकारी प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाँई,सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई,सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटारका सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts