विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १५ । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिनुभयो । यदि क्वारेन्टिन र आइसोलेसन रहेको भए तत्काल हटाउने र ती क्षेत्रलाई स्थानीय तहले निर्मलीकरण गर्ने पनि निर्णय भएको छ । विद्यालय आउन जान असर हुने गरी कोरोना महामारी रोकथाम र नियन्त्रणसम्बन्धी संरचना नराख्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले बताउनुभयो । सरकारले शैक्षिक सत्र २०७७।७८ के विद्यार्थी भर्ना भदौ १ देखि सुरु गर्ने बताएको छ । ०७६।७७ को नतिजा प्रकाशन बाँकी भए तत्काल गर्ने, भदौ १ देखि विद्यार्थी भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीको संख्या यकीन गर्ने, पाठ्यपुस्तक उपलब्ध गराउने र शिक्षकहरु अबिलम्ब विद्यालय पुग्ने व्यवस्था गर्ने पनि सरकारले निर्णय गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts