प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङ काँग्रेसबाट जिल्ला सभापति तुम्याहाङको एकल नाम सिफारिस
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २६ । नेपाली काँग्रेस ताप्लेजुङले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस गरेको छ ।
जिल्ला पार्टी सचिव युकहाङवीर(डम्बर)हाङगामका अनुसार आकाँक्षीमध्येबाट सहमतिमा तुम्याहाङको एकल नाम सिफारिस भएको हो । ताप्लेजुङमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक निर्वाचन क्षेत्र हो । हाङगामका अनुसार समानुपातिकतर्फ खुल्लामा कोशी प्रदेशका पूर्व मन्त्री प्रतापप्रकाश हाङगााम र पूर्व जिल्ला सभापति केशवप्रसाद दाहाल तथा महिलातर्फ कल्पनादेवी सिटौलाको नाम सिफारिस गरिएको छ ।
राष्ट्रियसभातर्फ क्लष्टर अनुसार १० जनाको नाम सिफारिस गरिएको छ । हाङगामका अनुसार राष्ट्रियसभामा खुल्लातर्फ मणि लामा,पदमसुन्दर पालुङ्वा,मात्रिकाप्रसाद शेर्पा,गीताकुमारी सेन्दाङ र बलबहादुर तामाङ तथा अपाङ्गता भएका व्यक्तितर्फ तिलप्रसाद सुब्बाको नाम सिफारिस गरिएको छ ।
महिलातर्फ लिलादेवी बोखिम,मात्रिकादेवी प्रसाँई कार्की,गीता चौहान र प्रमिला गुरुङको नाम सिफारिस गरिएको हाङगामले जानकारी दिनुभयो ।