जेन जी ताप्लेजुङद्धारा सिमानाका सम्वन्धी अन्तरकृया
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १४ । जेन जी युवाहरुको आवह्वानमा ताप्लेजुङमा शुक्रवार नेपाल–चीन सिमाना टिपताला नाका मुल भन्सार सहित उत्तर दक्षिण सडकका बिषयमा छलफल तथा अन्तरकृया कार्यक्रम सुरु भएको छ ।
ताप्लेजुङ उद्योग वाणिज्य संघको हलमा जारी छलफल तथा अन्तरकृया कार्यक्रममा बक्ताहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । कार्यक्रममा कोशी प्रदेशसभामा सदस्य तथा कोशी सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वो,जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ,फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पा सहितले आ–आफ्नो धारणा राख्नु भएको छ ।
जेन जी अगुवा सागर लामगादेले छलफल कार्यक्रम पछि प्राप्त सुझाव र निश्कर्षका आधारमा थप कार्यक्रम तथा रणनीति तय गरिने बताउनुभयो । गत असोज २८ गते जेन जी युवाहरुको भेलाले गोपाल गुरागाँईको संयोजकत्वमा जिल्ला कार्य समिति बनाएर संस्थागत अभियान सञ्चालन गरिरहेका छन् । जिल्लाका साझा समस्याका समाधान साझा प्रयत्नबाट हल गर्न जेन नी युवाहरुको सबैसंग सहकार्य र समन्वय गर्ने बताएका छन् ।