कात्तिक १४ बाट फेरि फुङलिङका पसल प्रत्येक शुक्रवार बन्द
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १३ । चाडपर्वका लागि भदौ २७ गते शुक्रवार देखि खुल्ला भएको ताप्लेजुङको फुङलिङका बजार पसल कात्तिक १४ गते शुक्रवारदेखि फेरि साप्ताहिक रुपमा एकदिन बन्द हुने भएका छन् ।
ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमले दशैं,तिहार र छैट पर्वअवधि भर खुल्ला भएको सातामा एकदिन गरिने बजार बन्द कात्तिक १४ गते शुक्रवारदेखि पुनःबन्द हुने जानकारी दिनु भएको छ । ताप्लेजुङ उद्योग वाणिज्य संघको आवह्वानमा लामो समयदेखि फुङलिङका बजार पसल हरेक हप्ताको शुक्रवार बन्द हुने गरेका थिए ।
वाणिज्य संघले चाडपर्वको अवसरमा भदौ २७ गते शुक्रवार देखि लागुहुने गरी साप्ताहिक बजार बन्द खुलाएको चाडपर्व सकिएसंगै पुनःकात्तिक १४ गते शुक्रबारबाट साप्ताहिक बन्द हुने पूर्ववत निर्णयलाई कार्यान्वयनमा लगेको छ ।