|

फक्ताङ्लुङमा वाईसीएल, शिक्षक र रिटर्नी सेन्टर गठन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २० । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वाईसीएल नेपाल, अखिल नेपाल शिक्षक संगठन र रिटर्नी सेन्टर नेपालको पालिकास्तरीय कमिटी गठन भएको छ । माओवादीको केन्द्रको उक्त तीनवटा भातृसंस्थाको शनिबार सम्पन्न पालिकास्तरीय सम्मेलनबाट कमिटी गठन भएको हो ।
फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका माओवादी केन्द्र फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्ष राजन लिम्बू (मुक्ति)का अनुसार अनिल राई अध्यक्ष रहेको ५५ सदस्यीय वाईसीएल पालिका कमिटी, विवस केदेम अध्यक्ष रहेको अखिल नेपाल शिक्षक संगठन र चन्द्रबीर तामाङ अध्यक्ष रहेको रिटर्नी सेन्टर गाउँपालिका कमिटी गठन भएको हो । शिक्षक संगठनको २५ सदस्यीय र रिटर्नी सेन्टरको १५ सदस्यीय पालिका कमिटी चयन भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts