फुङ्लिङमा सञ्चालित मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वालाई

ताप्लेजुङ,चैत १२ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले सञ्चालन गरेको मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ ।

सिरिजङ्गा गाउँपालिकाको टिमलाइ ३–१ को सेटमा पराजित गर्दै सिदिङ्वाले उपाधि जितेको हो । उपाधिसंगै सिदिङ्वाले नगद २ लाख ५० हजार १ सय रुपैंयाका साथ रनिङ कप,मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उपबिजेता हुने टिमले नगद १ लाख २५ हजार १ सय रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । सान्त्वना हुने टिमले जनही ४० हजार रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । यसअघि फाइनल प्रवेशका लागि शनिवार भएको पहिलो सेमीफाइनलमा सिदिङ्वाले फक्ताङ्लुङलाइ र सिरिजङ्गाले पाथीभरा याङ्वरकलाइ पराजित गरेर फाइनलमा पुगेका थिए । यो संगै गएको ९ गतेबाट फुङ्लिङस्थित भानुजन माविको खेल मैदानमा जारी मेयर कप भलिबल प्रतियोगिता सकिएको छ । केहि समय पछि पुरस्कार बितरण समारोह सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

Similar Posts