|

वाईसीएल नेपालको ताप्लेजुङ संयोजकमा कैलास माबो

उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ९ ।
योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल ताप्लेजुङको संयोजकमा कैलास माबो चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न जिल्ला भेलाले माबोको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।
जिल्ला कार्यसमितिमा संयोजकबाहेक सचिव रहने व्यवस्था भए पनि उक्त जिम्मेवारी भने जिल्ला भेलाबाट चयन भएको कार्यसमितिको बैठकले सचिव तोक्ने नवनिर्वाचित माबोले जानकारी दिनुभयो । जिल्ला भेला नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) को प्रमुख आतिथ्यता र वाईसीएल नेपालका प्रदेश १ इन्चार्ज एवीराज राई, संयोजक कर्म पुलामी, अन्तर्राष्ट्रिय विभाग प्रमुख मिङमा डण्डु शेर्पाको उपस्थितिमा सम्पन्न भएको हो ।


यस्तै माओवादी केन्द्रका ताप्लेजुङ जिल्ला सहइन्चार्ज विजयप्रकाश वनेम, संयोजक विष्णुकुमार हाङ्बाङ लगायतको उपस्थिति रहेको थियो । यता वाईसीएल नेपालको स्थानीय तह (पालिका कमिटी) का अध्यक्षहरु जिल्ला कार्यसमितिको स्वतः पदेन सदस्य हुने व्यवस्था रहेको छ ।

Similar Posts