|

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटेलमा मृत फेला

अरुलाई पनि शेयर गरौ !

जनकपुरधाम,मंसिर १७ । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत भेटिनु भएको छ । भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत भेटिनु भएको हो । शनिबार हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन उनी शुक्रबार सर्लाही पुग्नु भएको थियो । राति खान खाएर सुत्नु भएका उहाँलाई शनिवार बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामै मृत भेटिएको मिडिया काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले बताउनुभयो । कोठामा उहाँले वान्ता गरेको पाइएको छ । उहाँको हातमा र कोठामा औषधि भेटिएको छ । उहाँ मधुमेह, उच्च रक्तचापका विरामी हुनुहुन्थ्यो । भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति समेत हुनु भएको थियो । घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts