|

एमालेका नवनिर्वाचित पदाधिकारी तथा सदस्यद्धारा शपथ ग्रहण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २७ । नेकपा एमाले ताप्लेजुङका नवनिर्वाचत पदाधिकारी तथा सदस्यहरुले मंगलवार शपथ ग्रहण गर्नु भएको छ ।

नवनिर्वाचित अध्यक्ष भूपेन्द्र थेबेलाइ निर्वाचन समितिका संयोजक अधिबक्ता देवराज मेन्याङ्वोले र अन्य पदाधिकारी तथा सदस्यलाइ नवनिर्वाचित अध्यक्ष थेबेले शपथ ग्रहण गराउनुभयो । ११ औं जिल्ला अधिबेशनमार्फत नयाँ नेतृत्व चयनका लागि सोमवार भएको मतदानको मतपरिमाण मंगलवार बिहान सार्वजनिक भएको थियो । निर्विरोध चयन हुनुभएका ६१ जिल्ला सदस्य तथा निर्वाचनमार्फत चुनिनु भएका ५ पदाधिकारी र २४ सदस्यलाइ थेबेले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । सो अवसरमा अध्यक्ष थेबेले लोकतान्त्रिक प्रणाली निर्वाचनमार्फत नेतृत्व चयनको क्रममा र अन्य बिभिन्न कारणले जिम्मेवारीमा समेटिन नसकेका राजनीतिक नेताहरुलाइ नवनिर्वाचित कमिटीले समेटर एमालेलाइ एकताबद्ध पार्टीको रुपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । अध्यक्षका प्रत्यासी तथा निवर्तमान जिल्ला संयोजक बलबहादुर साम्सोहाङले निर्वाचनबाट आएको परिणामलाइ आफुले स्वभाविक रुपमा लिएको र आफ्नोतर्फबाट पार्टीलाइ हुने सहयोगमा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य तथा ताप्लेजुङ इञ्चार्ज तिलकुमार मेन्याङ्वोले नयाँ नेतृत्वमा अब संगठन बिस्तार र शुद्धिकरण अभियानलाइ तीव्र रुपमा अघि बढाउनुपर्ने दायित्व रहेको बताउनुभयो । उहाँले पार्टीलाइ एकढिक्का बनाएर ताप्लेजुङमा एमालेको सुद्रिढ संगठन बनाउनुपर्नेमा जोड दिनुभयो । एमाले केन्द्रीय सदस्य तथा ताप्लेजुङ सहइञ्चार्ज उर्मिला थेबेले बिजयी सबैलाइ बधाइ दिदैं बिजयीहरुले निर्वाचनमा प्रत्यासी बनेकाहरुलाइ थप व्यवस्थित गर्दै आम नेता कार्यकर्ताहरुलाइ थप संगठित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य होमकुमारी साँवा,जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts