|

काबेली खोलाका दुई आयोजनालाई ऋण लगानी जुट्यो

काठमाडौ,पुस ५ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेका दुई जलविद्युत आयोजनालाई ऋण लगानी जुटेको छ । एनएमबी र राष्ट्रिय वाणिज्य बैंकबाट काबेली खोलाका दुई आयोजनालाई वित्तीय लगानी जुटेको हो । काबेली खोला– ए १३.५ मेगावाट क्षमताको हो भने काबेली क्यासकेड १२ मेगावाट क्षमताको हो । काबेली– एको कुल लागत २ अर्ब ४१ करोड र क्यासकेडको २ अर्ब १४ करोड अनुमान गरिएको छ । काबेली खोला– ए जलविद्युत आयोजना स्नो रिभर्सले निर्माण गरिरहेको छ । त्यस्तै अर्को सुपर काबेली खोला क्यासकेड जलविद्युत आयोजना हिल्टन हाइड्रो इनर्जीले निर्माण गरिरहेको छ । काबेली– एमा बैंकहरुको लगानी १ अर्ब ८९ करोड र क्यासकेडमा १ अर्ब ६७ करोड रहने बताइएको छ । यीसहित एनएमबी बैंकले ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको जनाएको छ । (कान्तिपुरबाट)

Similar Posts