|

१८ बर्ष पूरा भएका बिद्यार्थीलाइ मात्र खोप दिन स्वास्थ्य निर्देशनालयद्धारा परिपत्र

ताप्लेजुङ,भदौ १७ । प्रदेश १ को स्वास्थ्य निर्देशनालयले १८ बर्ष पूरा नभएका परीक्षार्थीलाइ खोप उपलब्ध नगराउन परिपत्र गरेको छ । प्रदेश १ को महानगरपालिका सहित सबै १ सय ३७ स्थानीय तह र १४ वटै स्वास्थ्य कार्यालयहरुलाइ स्वास्थ्य निर्देशनालय धनकुटाले यस्तो परिपत्र गरेको हो । निमित्त निर्देशक दानबहादुर बस्नेतले स्वास्थ्य सेवा विभागले यसअघि नै १८ बर्ष पूरा भएका परीक्षार्थीलाइ प्रवेश पत्रको आधारमा खोप उपलब्ध गराउने गरी गरेको परिपत्र बारे प्रदेश १ भरीका स्थानीय तह र स्वास्थ्य कार्यालयहरुलाइ ध्यानाकर्षण गर्नु भएको छ । परिपत्रमा कक्षा १२ का बिद्यार्थीलाइ खोप उपलब्ध गराउने सन्दर्भमा १८ बर्ष पूरा नभएकालाइ पनि खोप दिएको भन्ने सुन्नमा आएको भन्दै स्वास्थ्य निर्देशनालय धनकुटाले १८ बर्ष पूरा नभएकालाइ खोप उपलब्ध नगराउन भनेको हो । स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले स्वास्थ्य निर्देशनालयको परिपत्र अनुसार १८ बर्ष पूरा भएका बिद्यार्थीलाइ मात्र खोप उपलब्ध गराउने बताउनु भयो ।

Similar Posts