| | |

आईएमई लाइफद्वारा मृत्युदावी रकम हस्तान्तरण

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १५ ।
ताप्लेजुङस्थित आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीले जिल्लाको मिक्वाखोला गाउँपालिका–५ फाकुम्बाका बिमित स्वर्गीय टासी शेर्पाकी श्रीमती फूलमाया तामाङलाई हस्तान्तरण गरेको हो ।
आईएमई लाइफको ताप्लेजुङ शाखा प्रमुख सूर्य गुरुङका अनुसार शेर्पाकी श्रीमती तामाङलाई मृत्यु दावीबापत पाँच लाख छ हजार ५०० रुपैयाँ प्रदान गरिएको छ । कम्पनीका ताप्लेजुङ र फिदिम शाखा इन्चार्ज ङिमा शेर्पा र ताप्लेजुङ शाखा प्रमुख गुरुङले संयुक्त रुपमा सो दावी रकमको चेक बिमित परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
स्वर्गीय शेर्पाले २०७७ साल असोज १९ गते आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङमार्फत पाँच लाख रुपैयाँको बीमा गर्नुभएको थियो । कम्पनीका अनुसार शेर्पाले हालसम्म बीमा रकमको एक किस्ता मात्र प्रिमियम बुझाउनुभएको थियो । बीमा जारी भएको छोटो समयमै २०७७ पुस ११ गते ३७ वर्षीय शेर्पाको निधन भएको थियो ।

Similar Posts