| |

सांगीतिक क्षेत्रमा एकपछि अर्को धमाका प्रस्तुत गर्दै श्रेष्ठ,‘घर तिम्रो कता पर्यो’गीत र म्युजिक भिडियो सार्वजनिक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २४ । गायक तथा इञ्जिनयर वीरेन्द्र श्रेष्ठले एलिना चौहानसंगको युगल गायनमा ‘घर तिम्रो कता पर्यो ?’बोलकोे नयाँ गीत तथा म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ । बैंसालु उमेरका युवा युवतीको भावनात्मक प्रतिक्रियालाइ समेटेर तयार पारिएको गीत लोक पप जर्नरमा केन्द्रित छ । बैंसालु उमेरका केटाले अपरिचित तर भित्री मनले इच्छाएकी केटीलाइ नजर लगाउँदाको क्रिया र प्रतिक्रियाले गीतको भाव बोलेको छ ।‘घर तिम्रो कता प¥यो नेपाल देशैमा,क्या राम्रो देखिन्छ्यौ,लौन मायालु’बोलको यो गीत झट्ट सुन्दा उहाँको यसअघि सार्वजनिक भएको‘घर हाम्रो लेकैमा’बोलको गीतसंग मिल्लोजुल्दो जस्तो पनि सुनिन्छ । संगीत झण्डै उस्त लागे पनि श्रेष्ठको यो पछिल्लो गीतले प्रेमिल भाव ओगटेको छ । युवापुस्ता र नवजवानहरुका लागि गीत,संगीत र म्युजिक भिडियो लोकप्रिय बन्ने श्रेष्ठको बिश्वास छ । गायक श्रेष्ठले अपरिचित व्यक्तिको भूमिकामा घर नै सोधेपछि गायिका चौहानले गीतमार्फत नै आफ्नो परिचय दिनु भएको छ । उकाली–ओराली,डाँडा र पाखाको कुरा गर्ने गीतले पहाडी परिवेश बोलेको छ । अपरिचितले युवकको हुलले अचाक घर कता प¥यो भनी सोध्दा पहिले युुवतीले दिने पहिलो कडा जवाफ क्रमैसंग प्रेमिल बन्दै गएको छ । ‘के के नै हिरो सम्झने भनेर गीतको पहिलो भागमा जवाफ फर्काउने युवती त्यसपछि भने क्रमैसंग युवाहरुकै मनोरञ्नात्मक लयमा फर्किएको देखिन्छ । बर्षा शिवाकोटी र जिवेशसिंह गुरुङले अभिनय गरेको म्युजिक भिडियो पनि उत्तिकै रोमाञ्चक छ । ‘युवा पुस्ताका लागि रहरलाग्दो गीत,संगीत र म्युजिक भिडियो तयार भएको छ’श्रेष्ठले भन्नुभयो । उक्त गितको भिडियोमा प्रेमको सामिप्यतालाई देखाउन खोजिएको छ । दीपक शर्माको सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन रुपेश थापाले गर्नु भएको छ । गीतको म्युजिक भिडियो आहा युट्युव च्यानलबाट हेर्न सकिन्छ । पछिल्लो समय चर्चित कलाकारलाई साथमा लिएर गायनकला पस्कने र म्युजिक भिडियो बनाउने कार्यमा व्यस्त श्रेष्ठले यो गीत पहिले नै दर्शक श्रोताले रुचाएको घर हाम्रो लेकैमाको रिमेक भएकोे बताउनु भएको छ । श्रेष्ठसँग नायक दिलिप रायमाझी,पल शाह लगायत चर्चित कलाकार संगै काम गरेको अनुभव समेत छ । पछिल्लो समय सर्वाधिक रुचाइएकी गायिक मेलिना राइ र सदावाहर गायिका अञ्जु पन्त संगको युगल गायन समेतको अनुभव छ उहाँमा । श्रेष्ठले जाले रुमाल, पिरिमको बाढि जस्ता चर्चित सांगीतिक कोशेलीसमेत पस्की सक्नु भएको छ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका जन्म घर भएका श्रेष्ठ पछिल्लो समय आफ्नै गृह गाउँमा सञ्चालित एउटा जलबिद्युत परियोजनाका प्रवन्धकको जिम्मेवारीमा हुनुहुन्छ ।

Similar Posts