| |

मिक्वाखोलालाई मेयर कपको उपाधि

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, चैत १५ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तर पालिकास्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि मिक्वाखोला गाउँपालिकाले जितको छ । शनिबार भएको फाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै मिक्वाखोलाले उपाधि जितेको हो ।
भलिबल उपाधि जितेसँगै मिक्वाखोलाले तीनवर्षे रनिङ ट्रफीसहित दुई लाख २१ हजार १०० रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । उप विजेता बनेको पाथीभरा याङ्वरकले एक लाख ११ हजार १०० रुपियाँ नगदमा चित्त बुझाउनुपरेको छ । उपाधि रक्षाका लागि मिक्वाखोलाले फाइनलमा पहिलो, तेस्रो र चौंथो सेटमा क्रमशः २५–१८, २५–२२ र २५–२२ को जित हासिल गरेको थियो । उप विजेतामा सीमित बनेको पाथीभरा याङ्वरकले दोस्रो सेटमा २५–१३ ले एउटा सेट जितेको थियो ।
यता गतवर्षको उपाधि विजेता सिदिङ्वा गाउँपालिका र सिरिजङ्घा गाउँपालिकालाई तृतीय घोषणा गरी सान्तवना पुरस्कार स्वरुप समान ३३ हजार रुपियाँ नगद प्रदान गरिएको आयोजकले जनाएको छ । फुङ्लिङ नगरपालिकाले जनाएको छ । सदरमुकाम फुङ्लिङस्थित भीमकाली गुल्मको खेल मैदानमा सञ्चालित प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट अलराण्डर र उदयीमान खेलाडीलाई जनही नगद तीन हजार रुपियाँका दरले पुरस्कृत गरिएको थियो ।

मेयर कप विजेता टोलीलाई ट्रफी वितरण गर्नुहुँदै संविधानसभा सदस्य भूपेन्द्र थेबे ।

यता विजेता टोली तथा विभिन्न विधाअन्तर्गत उत्कृष्ट छनोट भएका खेलाडीलाई तत्कालीन संविधान सभाका सदस्य भूपेन्द्र थेबे, फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल, सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा लगायतले ट्रफी तथा नगद पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोला गाउँपालिकाबाहेक आयोजक फुङ्लिङ नगरपालिका, सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा, आठराई त्रिबेणी, मेरिङ्देन, फक्ताङ्लुङ, मिक्वाखोला र पाथीभरा याङ्वरक गाउँपालिकासमेत आठवटा स्थानीय तहको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts