|

तुम्बाहाम्फेद्धारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार

ताप्लेजुङ,पुस ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार घोषणा गरेको नेपाल कम्युष्टि पार्टी(नेकपा)को महाधिबेशन आयोजक समितिमा नाम सार्वजनिक भएपनि संबिधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले सो समूहमा आफ्नो संलग्नता नरहेको बताउनु भएको छ । बुधवार अपरान्ह एक बिज्ञप्ती जारी गर्दै तुम्बाहाम्फेले आफुलाइ थाहै नदिइ समितिमा राखिएको प्रति आपत्ति उठाउँदै प्रचण्ड र माधव नेपाल समूहको नेकपाको पक्षमा रहेको बताउनु भएको हो । बिज्ञप्तीमा उहाँले केपी ओली समूहको केन्द्रीय कमिटी सदस्यमा आफ्नो नाम सार्वजनिक भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो संलग्नता अस्वीकार गर्नु भएको हो । मंगलवार ओली समूहले घोषणा गरेको केन्द्रीय समितिमा तुम्बाहाम्फे सहित ताप्लेजुङका ५ जनाको नाम सार्वजनिक भएको थियो । तुम्बाहाम्फे २०६४ र २०७० सालको संबिधानसभाको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएको थियो ।

Similar Posts