बहुबिबाह मुद्दाका २ जना ताप्लेजुङ कारागार चलान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन १४ । बहुबिबाह,बालबिबाह र जबरजस्ती करणीका १ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान हुँदा बहुबिबाह मुद्दामा अदालतबाट सजाय घोषित भएका अर्का १ जना भने जेल चलान भएका छन् । ताप्लेजुङको फुङ्लिङ वडा नं ९ हाङ्देवाको कटहरे बस्ने २३ बर्षिय आयुष बेघा लिम्बू बहुबिबाह,बालबिबाह र जबरजस्ती करणी मुद्दाको प्रतिवादीको रुपमा पुर्पक्षका लागि कारागार चलान भएका हुन् । आयुषमाथि घरमा जेठी श्रीमति र नावालिका छोरी हुँदाहुदैं १७ बर्षिय नावालिकासंग शारिरिक सम्वन्ध र बिबाह गरेको अभियोग रहेको छ । जेठी श्रीमतिको जाहेरीका आधारमा निजको कान्छी श्रीमति बनेर आएकी नावालिका सहित पक्राउ परेका आयुषलाई ताप्लेजुङ अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख(प्रहरी निरीक्षक)मोहन पोखरेलले जानकारी दिनुभयो । आयुषसंग दोस्रो बिवाह गरेर आएकी १७ बर्षिय बालिका भने ७ हजार रुपैंया धरौटीमा छुटेकी छन् । यता बहुबिबाह मुद्दामा ११ महिना ११ दिन कैद र १० हजार रुपैंया जरीवाना ठहर्ने गरी अदालतले गरेको फैसला पछि फरार रहेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ७ सुरुम्खिमका ३३ बर्षिय राजकुमार गौतम अदालतले तोकेको कैद भुक्तानका लागि कारागार चलान भएका छन् । उनलाई अदालतले बहुबिबाह मुद्दामा दोषी ठहर गर्दै कैद सजाय तथा जरीवाना समेत तोकेको थियो । तर,उनी फरार रहेका थिए । झापाको धुलावारीमा लुकीछिपी बसीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलावारीको सहयोगमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts